कैलाली र कञ्चनपुरबाट बोईलर कुखुरा सहित २ लाख बढीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट बोईलर कुखुरा सहित २ लाख बढीका सामान बरामद गरिएको छ । कैलालको धनगढी उपमहानगरपालिका वडा नम्बर-१ बालुवाघाट, वडा नम्बर-३ चौराह, वडा नम्बर-९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ९७ हहजार ७४० मूल्यको प्याज,चिनी,सुर्ती,साबुन,डेरी मिल्क,पटका,माछा, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

यस्तै टिकापुर नगरपालिका-७ प्रतिपुरबाट २७ हजारको चिनी र गोदावरी नगरपालिका २ बनदेबी मन्दिर नजिकबाट ५५ हजार ५० मुल्यको कुर्ता सुरवाल सुट गरि जम्मा १ लाख ७९ हजार ७९० मुल्यको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उता भीमदत्त नगरपालिका-१७ महाकाली बालबिद्या नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १० हजारको प्लाष्टिक झिल्ली,बिडी, पेय पदार्थ,सुर्ती लगायतका सामानहरु र बेलौरी नगरपालिका-१ फटैयाबाट ३५ हजार मूल्यको बोईलर कुखुरा गरि जम्मा ४५ हजारको सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद गरिएका बोईलर कुखुरा आवश्यक प्रकृया पुरा गरि नष्ट गरेको प्रहरीले जनाएको छ ।

Loading...