कञ्चनपुरको शुक्लाफाँटामा क्रिकेट अभ्यास स्थल निर्माण  गरिदै

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ स्थित शिवशङ्कर मावि परिसरमा क्रिकेट अभ्यास स्थल निर्माण गरिने भएको छ । क्रिकेट खेल प्रति युवाको आकर्षण बढ्न थाले पछि निर्माण प्रकृया थालिएको हो ।
राष्ट्रिय तथा अन्तररष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट मैदान तथा अभ्यासस्थल निर्माण गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको ८ लाख २० हजारको लागतमा क्रिकेट अभ्यसस्थल निर्माण हुन लागेको वडाध्यक्ष चक्र बहादुर खड्काले बताए । उनका अनुसार निर्माणमा उपभोक्ता समितिको १ लाख २० हजार बराबरको श्रमदान रहनेछ ।
विद्यालयको चलनभोगमा रहेको १५ कठ्ठा जग्गामा अभ्यासस्थल र मैदान निर्माणका लागि आवश्यक तयारी अगाडि बढाइएको वडाध्यक्ष खड्काले बताए । अभ्यासस्थल निर्माणका लागि मैदान सम्याउने, खाल्ड खुल्डी पुर्ने लगायतका काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र शाहीले बताए । “मैदान सम्याउने र रोलिङको भइरहेको छ ।
यो काम सकिएपछि क्रिकेट मैदान पिच गर्न तयार गर्नेछौँ”, उनले भने । शाहीका अनुसार पिचको लम्बाई २२ र चौडाई ४ मिटर रहनेछ । क्रिकेट अभ्यास स्थल सँगै तयार हुँदै गरेको मैदानमा स्थानीय स्तर देखि राष्ट्रियस्तरका प्रतियोगिता खेलाउन मिल्ने समितिका अध्यक्ष शाहीको भनाइ छ । रासस

Couple
Loading...