धनगढीमा देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा

धनगढी, १ साउन- सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र आजदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्घटन गरिएको हो ।

Dadeldhura hospital

नेपाल रेडक्रस सोसाईटी कैलालीले धनगढी उप–महानगरपालिकाको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । झण्डै ११ करोडको लागतमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि प्रदेशमा रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ।

Navadurga sun
Godawari sandesh

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको हो । अमेरिकी जनताको सहयोगमा झण्डै ११ करोडको लागतमा निर्मित सो केन्द्र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखालाई हस्तान्तरण गरिएको छ । दुई तले भवनमा सञ्चालन भएको रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरिएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीले रक्त सञ्चार केन्द्र कैलालीले अहिले वार्षिक ८ हजार पिन्ट रगत संकलन र आपूर्ति गर्दै आएको बताए ।

प्रादेशिक रक्त सञ्चार केन्द्रमा रक्त तत्व जाँच गर्ने प्रविधि समेत रहेको छ । यसले एक जनाले एक पिन्ट रगत दान गर्दा एकभन्दा बढी बिरामीलाई रगत उपलब्ध गराउन सकिने छ । सोही कारण रक्त सञ्चार केन्द्रमा उच्च स्तरीय मेसिन तथा उपकरणहरू जडान गरिएकाले प्राविधिक जनशक्तिको व्यवस्थापनमा भने चुनौती हुने सभापति जोशीले बताए । रक्त सञ्चार केन्द्र कैलालीका प्रमुख धरणीधर पन्तले रक्त सञ्चार केन्द्र कैलालीले अहिलेसम्म एक पिन्ट रगत ८५० मा उपलब्ध गराउँदै आएको बताए ।

Loading...