नेपाली कांग्रेस कैलालीले जिल्ला सम्मेलन आगामी २०८१ वैशाख मसान्त सम्म गर्ने 

धनगढी – नेपाली कांग्रेस कैलालीले आफ्नो जिल्ला सम्मेलन आगामी वैशाख महिनाको अन्तिम सम्ममा गर्ने निर्णय गरेको छ । जिल्ला कार्य सम्पादन समिति कैलालीको बैठकले २०८१ वैशाख मसान्त सम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सचिव नृप सुनारले जानकारी दिए।

Dadeldhura hospital

जिल्ला सम्मेलन २०८१ वैशाख मसान्त सम्म गर्ने निर्णय गरिएको छ । पार्टी, जनप्रतिनिधि र बजेट विषयक एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरिएको छ ।

Navadurga sun
Godawari sandesh

दोस्रो जिल्ला सम्मेलनका लागि फागुन २६ गते बाट तयारी सुरु गर्ने निर्णय गरिएको हो । वडा र टोल सम्मेलन २०८० फागुन २६ गते देखि चैत १६ गते सम्म गर्ने, पालिका सम्मेलन चैत १७ गते देखि चैत ३० गते सम्म , प्रदेश क्षेत्रीय सम्मेलन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन २०८१ वैशाख १ गते देखि वैशाख १० गते सम्म निर्णय गरिएको छ ।

 

Loading...