शिक्षक द्वारा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा धर्ना

अत्तरिया, १ साउन- सुदूरपश्चिमका शिक्षकहरु ३४ बुदे मागलाई अघि सार्दै आन्दोलित भएका छन् । पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधारको माग गर्दै शिक्षकहरु आन्दोलित भएकाहुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

विगतमा शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपाने बताए। ‘पहिलो चरणमा विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने, ‘हामीसँग भएको सम्झौता कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय अगाडडि धर्ना दिएका छौं।’ सरकारले आफ्नो आवाज अझै नसुने थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी उनको छ।

Navadurga sun
Godawari sandesh

नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनका कार्यक्रम भइरहेका छन्। शिक्षकहरुले आफ्ना ३४ बुदे मागमा विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधान, शिक्षक बढुवामा देखिएको समस्या समाधान लगायतका मागहरु अघि सारिएको छ। यस्तै राहत शिक्षकहरुलाई कोटा तथा नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक र गुणस्तरि बनाउनु पर्ने माग उनीहरुको छ।

Couple
Loading...