सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरबिन पद्दतीबाट पत्थरीको सल्यक्रिया सुरु 

धनगढी- सेती प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दूरबिन पद्दतीबाट सल्यक्रिया सुरु भएको छ । विहीबार युरोलोजिष्ट डाक्टर जोनस तिवारीले अछामकि सेतु साउँदको दूरबिन पद्दतीबाट सल्यक्रिया गरे । विहीबार तीन जनाको दूरबिनबाट सल्यक्रिया गरिएको छ ।

सेतु साउद ३ वर्षदेखि मृगोलाको पत्थरीबाट पिडित थिईन । साउद सहित विहीबार तीन जनाको दूरबिन पद्दतीबाट सल्यक्रिया भएको छ । प्रादेशीक अस्पतालमा युरोसर्जन डा. तिवारीको नेतृत्वमा एनेस्थेसियाका डा. पूर्ण राधा श्रेष्ठ र अप्रेशन टीमले सल्यक्रिया गरेको हो । मृगौलाको पत्थरी हातले भन्दा पनि दूरबिन पद्दतीबाट गर्दा कम जोखिम हुन्छ । सेती प्रादेशीक अस्पतालमा यस्तो पत्थरीको सल्यक्रिका लागि बढीमा २०/२५ हजार रकम लाग्ने अस्पतालले जनाएको छ ।

सेती प्रादेशीक अस्पतालका अध्यक्ष नर बहादुर शाहले मृगौलाको पत्थरीको जस्तो सुकै सल्यक्रिया पनि औषधी सहित २५ हजार भीत्रैमा गर्न सकिने बताए । ‘यो सेवा विहीबार देखि सुरु भएको हो । अब बन्द हुदैन’ उनले भने । ‘अब नीजि अस्पतालमा महंगोमा सल्यक्रिया गर्नुपर्दैन ।’ सेती अस्पतालमा सेवा सुरु भए पनि पालो नपाउने भएकाले अरु विषयका सल्यक्रियाहरु पनि नीजि अस्पतालमा हुने गरेका छन । तर अध्यक्ष शाहले अस्पताल समयमा भ्याउने जती सल्यक्रिया गरिने बताए ।

युरोसर्जन २ वर्ष देखि सेती प्रादेशीक अस्पतालमा कार्यरत रहेपनि, त्यहाँ ब्यवस्थापनले दूरबिन पद्दती सञ्चालन नगरेका कारण सल्यक्रिया गर्न सकिरहेका थिएनन ।

Loading...