इन्चार्जबाट हटाइएपछि भट्ट असन्तुष्ट

अत्तरिया- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट इन्चार्जबाट हटाइएपछि उनले असन्तुष्ट व्यक्त गरेका छन् । सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

मंगलबार भट्टले स्थायी समितिको निणर्यप्रति गम्भीर असहमति रहेको प्रचण्डलाई चार बुँदेमार्फत् बताएका छन् । ‘प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन् । यस्तै, स्थायी समितिमा अध्यक्षबाट पेस भएका प्रस्ताव र निणर्यमा अनेकौं प्रश्न गम्भीर रूपमा देखापरेको उनले बताएका छन् ।

Navadurga sun

‘स्थायी समिति बैठकवाट जुन निणर्य पारित भयो यसले सुदूरपश्चिमको पार्टी भित्र देखा परेको अराजकतालाई निरूत्साहित गर्छ वा प्रोत्साहन ?,’ उनले प्रश्न गरेका छन्, ‘यो निणर्यले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ ?’ स्थायी समितिको निणर्यले राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निणर्यको रूपमा बुझेको भट्टले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...