नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुंग्यायो, सुदूरपश्चिम इन्चार्जमा पोखरेल र सहइन्चार्जमा मगरलाई जिम्मेवारी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौं- नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुंग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्री कुमारी काफ्ले, मधेशको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।

Malpot office dadeldhura

त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुल प्रसाद केसी, कणर्ालीको इन्चार्जमा काली बहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य विना मगरलाई तोकिएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप-अमेरिका इन्चार्जमा सुरेन्द्र कुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ । केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । बैठकले संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि आ-आफ्नो निर्वाचित जिम्मेवारी अनुसार कार्यरत रहने निणर्य गरेको छ ।

आगामी चैत १ गते देखि गर्ने भनिएको मधेश-तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गते देखि गर्ने निणर्य समेत बैठकले गरेको छ । समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिन पछि सारिएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार बैठकले हिमाल, पहाड, मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निणर्य समेत गरेको छ ।

बैठकले मिटरब्याजी तथा लघुवित्त समस्या बारे भइरहेको वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै दुग्ध किसान लगायतका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...