पुष्पाञ्जली आवासीय माविको ३५ औं वार्षिकोउत्सव तथा अभिभावक दिवस सम्पन्न

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियामा रहेको श्री पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार विद्यालयले ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक तथा प्रधानाध्यापक यम प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उप कुलपति सम्भुराई रहेका थिए ।

प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठान उप कुलपति राईले राष्ट्रपति, कलाकारहरु, डाक्टर, कबि, इन्जिनियर, पाइलट आदि जन्माउने शिक्षक महान भएको पुष्पाञ्जली बिद्यालयले पनि यस्ता प्रतिभाहरु जन्माइ सकेको छ । संस्कृति बिना संसार न हुने, राजनीति पनि न हुने बताए । ‘पुर्वको कलाकार भए पनि पश्चिमी संस्कृतिलाई पनि उत्तिकै माया गर्छु ।’ उनले भने, ‘सुदूरपश्चिम छेत्र मा मैले पहिलोपल्ट देख्न पाए ।’

सुदूरपश्चिममा डेउडा, थारु नाच, छलिया, हुड्केली हरु लाई बचाई राख्नको निम्ति सबैको प्रयास चाहिने बताए । पुर्व को कलाकार ले पश्चिमको गित गाउनु पर्छ पश्चीम को कलाकार ले पुर्व को गित गाउनु पर्छ । समयको महत्व सबै ले बुझ्नु पर्ने बताए । म अमेरिकामा धेरै पटक गएको तर पैसा कमाउन न लागेको ले म शम्भु राई बन्न सफल भए उजागर गरे । जिन्दगीको भरोसा नभएकाले हामिहरुले समयको ख्याल गर्नु पर्छ । एक सेकेन्ड पनि धेरै महंगो हुने उनले बताए ।

Malpot office dadeldhura

प्रधानाध्यापक भण्डारीले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बताए । कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विधार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको बताए । निजी विद्यालय क्षेत्रमा यस विद्यालयले सबै भन्दा गुणस्तरिय तथा सस्तो शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आइरहेको दावी गरे । उनले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न भौतिक पुर्वाधार निर्माण गरिनुका साथै गुणस्तर जनशक्ति पनि राखिएको जानकारी दिए ।

विद्यालयले विभिन्न उत्कृष्ट विधामा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयले एसईई ‘ए प्लस’ ल्याएका ३ जना विद्यार्थीहरु आदर्श गुप्तालाई नगर १२ हजार, जनक भट्टराईलाई १० हजार र सुरज बिष्टलाई ८ हजार प्रदान गरिएको थियो । यस्तै ‘ए ग्रेड’ पास गरेका २२ जनालाई विद्यार्थीहरुलाई ल्यापटप ब्याग प्रदान गरिएको थियो । गत बर्ष एसइइ मा विद्यालयबाट ६० जना बिद्यार्थीले परिक्षा दिएका सबै जना उत्तीणर् भएका थिए । विद्यालयमा ८ वर्ष देखि माथी पढाउँदै आइरहेका शिक्षक/शिक्षिकालाई सम्मान संगै विदेश भ्रमणको सुविधा उपलब्ध गराएको जनाएको छ ।

कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ज्ञान ज्योतीका प्रिन्सिपल जगविर थापा प्याब्सन सुप कमिटी सदस्य तथा सक्षम पाठशालाका प्रिन्सिपल तर्क राज भट्टराई, प्याब्सनका केन्द्रीय सदस्य तथा जनकल्याण बोर्डिङ स्कुलका प्रिन्सिपल योगेन्द्र हमाल रहेका थिए । त्यस्तै बार्षिकोउत्सव कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, बुद्धिजीवी, समाजसेवी व्यक्तित्व, अभिभावकहरु, शिक्षक/शिक्षिका, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । २०४५ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार ४० जना विद्यार्थीहरु अध्यनरत रहेका छन । वार्षिकोत्सवको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सांस्कृतिक नृत्य, गीत र मन्तव्य संगै मनमोहकका साथ प्रस्तुति गरेका थिए ।

विद्यालयले वार्षिकोत्सवको अवसर पारी भएको अतिरिक्त क्रियाकलाप अन्र्तगत भएका खेल प्रतियोगितामा सहभागी मध्ये प्रथम, द्वितिय, तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उपकुलपति राई लाई विद्यालयले अभिनन्दन पत्र दिदै अभिनन्दन गरिएको थियो ।

विद्यालयकी प्रशासन प्रमुख कल्पना भण्डारीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक डमरु भट्टले गरेका थिए । विद्यार्थीको तर्फबाट कार्यक्रम सञ्चालन कक्षा १० मा अध्यनरत विद्यार्थी अमृता चन्दले गरेकी थिइन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...