कञ्चनपुरमा नहरमा युवकको शव भेटियो

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा नहरमा युवकको शव भेटिएको छ । मृत भेटिनेमा भीमदत्त नगरपालिका-४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेका छन् । बिष्टको शव भीमदत्त नगरपालिका-४ स्थित महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

Malpot office dadeldhura

आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए। उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो । उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो । उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो । उनी फेला परेका थिएनन् ।

तर, मंगलबार महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको डीएसपी डाँगीले जानकारी दिए । पीडित परिवारका अनुसार चन्द्र एक साता अघि भारतबाट घर फर्किएका थिए । उनी आफन्तको बिहेका लागि घर आएका हुन् । त्यसअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन् । उनीहरूकी २ वर्षीया छोरी छन् ।

पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ । प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । महाकाली अस्पतालमा पोस्टमार्टम भैरहेको र थप अनुसन्धान भैरहेको डीएसपी डाँगीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...