कञ्चनपुरमा एक जनाको शव फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-४ मा एक पुरुषको शव फेला परेको छ । महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शव भीमदत्त नगरपालिका-४ का ३५ वर्षीय चन्द्र बहादुर बिष्टको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । स्थानीय काली पुलमा अड्किएको अवस्थामा बिष्टको शव भेटिएको हो । शव भेटिए पछि प्रहरीले नहरको पानी बन्द गरेर मुचुल्काको काम अघि बढाउने तयारी गरेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...