कैलालीकी सुनिता पाँच दिन देखि सम्पर्क विहीन

धनगढी- कैलालीमा एक महिला पाँच दिन देखि सम्पर्क विहीन भएकी छन् ।  सम्पर्क विहीन हुनेमा जिल्लाकाे गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार रहेकी छन् ।

उनी फागुन ९ गते देखि सम्पर्क विहिन भएकी बताइएको छ। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए।

सुनीताका ससुरा विनोद परियारका अनुसार, उनी राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी थिइन् । तर, अहिले सम्म पनि घरमा आएकी छैनन् । भारतमा रहेका उनका श्रीमान उनी हराएपछि घर फर्किएका छन् । सुनिताका ४ छोराछोरी छन् ।

Loading...