बेहडाबाबा मन्दिरमा महाशिवरात्रीका दिन २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । धनगढी १६ मा रहेको बेहडाबाबा मन्दिरमा महाशिवरात्री अवसरमा फागुन २५ गते मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको हो ।

Malpot office dadeldhura

करिव २ सय जना बाट १ भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष पदमराज जोशीले बताए । महाश्विरात्रीका दिन अपहाराह्न ३ः३० देखी ४ः३० बजेको समयमा दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउन्डेसनले जनाएको छ ।

यस वर्ष बेहडाबाबा मन्दिरको करिव ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । भक्तजनको सहजताका लागि कैलालीको तीन ठाँउबाट ६ वटा बसबाट न्युन शूल्कमा सेवा दिने फाउण्डेशनका अध्यक्ष जोशीले बताए । उनका अनुसार धनगढीको क्याम्पस रोड बेली र चौमाला बाट दुई/दुई बस सञ्चालन गरिने छ ।

महाश्विरात्री दिन लाग्ने मेलाको तयारी पुरा भएको बताइएको छ । शिवरात्रीको अवसरमा गरिने दीप प्रज्वलन कार्यक्रममा सबै भक्तजनले सहभागी हुन अनुरोध गरेका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...