कञ्चनपुरको वेदकोट ९ मा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन ७ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो ।

बिहीबार वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बिष्ट, वेदकोट नगर कार्यपालिका सदस्य पार्वती बिष्ट र वडा समितिका पदाधीकारी लगायतले उनीहरूलाई साइकल वितरण गरेका हुन् ।

Navadurga sun

वडा अध्यक्ष बिष्टले स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए । उनले भने ‘उहाँहरू स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिनुहुन्छ, तसर्थ स्वास्थ्य सेवा प्रवाहमा सजिलो होस् र घरघरमा पुग्न सहज होस् भनी साइकल वितरण गरेका हौँ ।’

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी-अस्थायी परिवार नियोजन बारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्द्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दैआएको कार्यपालिका सदस्य पार्वती बिष्टले बताइन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...