श्री कलेज धनगढी कप फुटवल प्रतियोगिताको उपाधी होलिल्याण्ड एकेडेमीलाई

धनगढी- धनगढीमा जारी श्री कलेज म्यानेज्मेन्ट अफ धनगढी कप फुटवल प्रतियोगिताको उपाधी अत्तरियाको होलिल्याण्ड एकेडेमीले जितेको छ । धनगढी रगंशालामा बिहीबार भएको फाइनल खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमीलाई १-० गोल अन्तरले हराउँदै होलिल्याण्ड प्रतियोगिताको उपाधी जित्न सफल भएको हो ।

Ganyapdhura gau

गोल रहित बराबरीमा सकिएको पहिलो हाफ निकै कडा प्रतिस्प्रधात्मक रह्यो । दोश्रो हाफको २ मिनेटमै होलिल्याण्डका कप्तान मिलन बोहराले गोल गर्न सफल भए । बोहराकै गोलले होलिल्याण्ड एकेडेमीलाई उपाधी जिताउन सफल भयो । होलिल्याण्डका बिरुद्ध सुदूरपश्चिमाञ्चल एकेडेमीले निकै प्रयास गरे पनि गोल फर्काउन सकेन । आजको म्यान अफ द म्याच होलिल्याण्डका कप्तान मिलन बोहरा बने । उपाधी संगै होलिल्याण्डले नगद ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

त्यस्तै उप बिजेतामा चित्त बुझाएको सुदूरपश्चिमाञ्चल एकेडेमीले नगद २५ हजार साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमाञ्चल एकेडेमीका सन्दिप सिहं बनेका छन्, उनले नगद २,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ठ गोलकर्ता होलिल्याण्डका मिलन बोहरा बने, उनले प्रतियोगिता भरी सर्वाधिक ५ गोल हानेका थिए । प्रतियोगिताको उत्कृष्ठ गोल रक्षक होलिल्याण्कै ओम कामी बन्दा राइजिङ प्लेयर लिटल फ्लावर बोर्डिङ स्कुलका सफल तामाङ बने । उनिहरुले क्रमस १/१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

लिटल फ्लावर स्पोट्स क्लवको आयोजनामा भएको फुटवल प्रतियोगितामा कैलालीका १० बिद्यालय सहभागी थिए । समापन कार्यक्रमका बिच प्रतियोगिताको बिजेता तथा उप बिजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिहंले लिटल फ्लावर स्पोट्स क्लवले यहाँको क्रिकेट तथा फुटवल बिकासमा महत्वपुणर् योगदान दिएको बताए । हामी यस्तै निजि क्षेत्र संग सहकार्य गरेर काम गरिरहेका छौँ यसले यहाँकै खेल क्षेत्रको बिकास भइरहेको छ सदस्य सचिव सिहंले भने “हामी स साना देखी ठुला प्रतियोगितामा निजि क्षेत्र संग सहकार्य गर्दै खेलको बिकासमा लागिरहेका छौँ तर बजेट अभावका कारण जती गर्नुपर्ने हो त्यति गर्न सकिरहेका छैनौँ, हामीले मागेको बजेटको १० प्रतिशत बजेट सरकारले दिन्छ अनी कहाँबाट सोचे जस्तै काम गर्न सकिन्छ, तै पनि हामीले सोही बजेटमा धेरै काम गरिरहेका छौँ ।”

लिटल फ्लावर स्पोट्स क्लवका अध्यक्ष रामचन्द्र शाहीले श्री कलेज अफ म्यानेज्मेन्ट धनगढी कप फुटवल प्रतियोगिता आगामी बर्ष पनि निरन्तर सञ्चालन हुने घोषणा गरे । उनले सबै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सहयोगको आफुले अपेक्षा लिएको बताए ।

Couple
Loading...