अत्तरिया- कैलालीको अत्तरियामा रहेकाे समता स्कुलले आफ्नो ७ औं बार्सिकोत्सब तथा अभिभावक दिबस सम्पन्न गरेको छ ।
स्कुल कि प्रमुख रितु पाण्डे शाहु को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाकि नगर उपप्रमुख शारदा देबी रोकाया रहनु भएको थियो ।




समता एजुकेसन ट्रस्टका केन्द्रिय निर्देशक दिपक सन्जेलले समता स्कुल स्थानीय कै सहयोगबाट सन्चालन हुने बिद्यालय भएकाले सबैकै सहयोग को अपेक्षा गरे ।
उनले अत्तरियाको समता स्कुलमा आफुहरु ले माथिल्लो कक्षाहरु संचालन गर्न चाहेको तर भौतिक संरचना को अभाबले समस्या भएको बताए।उनले स्थानीय सरकारले भौतिक संरचना निर्माणमा सहयोग गरे आफुहरु यहाँका सबै नागरिकलाई एक सय मा शिक्षा दिन तयार रहेको बताए।


नगरपालिकाकि नगर उपप्रमुख रोकायाले बिधालय ले खेलेको भुमिकाको प्रंशसा गरिन् । उनले स्थानीय तहबाट हुन सक्ने सवै सहयोग बिद्यालयलाई दिइने बताइन् ।
कार्यक्रममा बिद्यालयले आयोजना गरेको बिबिध कार्यक्रममा बिजेता तथा उत्कृष्ट रहेका बिद्यार्थीहरुलाई सम्मान पुरुष्कार दिइएको थियो ।
कार्यक्रममा यस क्षेत्रका विभिन्न बिधालय तथा संघ संस्थाका प्रमुख एबम प्रतिनिधि को सहभागीता रहेको थियो ।




