कञ्चनपुर- कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेब बजार स्थित बिगमबरा होटेलबाट ९.१५ ग्राम लागूऔषध सहित बरेली रसोला तालिब हुसेईन महल्ला भारत बस्ने ३५ वर्षीय रहद अहमद मंगलवार साँझ पक्राउ परेका हुन् ।
अहमदलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै कृष्णपुर नगरपालिका-७ रेलडण्डि कलुवापुरबाट २१.६३ ग्राम लागुपदार्थ (चरेश) र ५० मिलिग्राम (खैरो हेरोईन) सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ । चुनारालाई ईलाका प्रहरी कार्यालय रैकवार विचवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको विभिन्न स्थानबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम लागूऔषध सहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने बर्ष २६ वर्षीय विवेक गुप्तालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट मोटरसाईकल १ थान समेत प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी कैलारी गाउँपालिका-३ शिबरत्नपुर स्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम लागूऔषध सहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यी दुबै जनालाई ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।