कञ्चनपुर- कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ । नगर विकास समितिको ६३८ विघा जमिन हिनामिना गरेको भन्दै नगर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको हो ।
भट्टलाई क्रान्तिकारी युवा संगठनका सुदुरपश्चिम प्रदेश समितिले कालोमोसो दलेका हुन् । उनलाई अध्यक्ष पल्टु रानाको कृते हस्ताक्षर गरि जमिन हिनामिना गरेको आरोप छ ।