दुर्लभ पाटे बाघको छालासहित दुई जना पक्राउ

गौरीगंगा, २९ असार- कैलालीमा दुुर्लभ पाटे बाघको छालासहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी) को टोलीले मंगलबार साँझ जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुुई जनालाई पक्राउ गरेको हो ।

Dadeldhura hospital

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका वडा नं. ५ सालघारीका अन्दाजी ५५ वर्षीय पूणर्बहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका वडा नं.१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिएका हुन् ।

Navadurga sun
Godawari sandesh

करिब १० मिटर लम्बाइको पाटेबाघको छाला बिक्री गर्दै हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको आरआइटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई छालासहित आरआईटीले इलाका प्रहरी कार्यालय चौमालाको जिम्मा लगाएको छ ।

Loading...