धनगढी- कैलाली र कञ्चनपुरबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मूल्य बराबरको ३५ के।जी। बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट भन्सार छलिका अन्दाजी १५ हजार मूल्य बराबरको ५० के.जी. बोईलर कुखुरा आज (शुक्रवार) दिउँसो प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बोइलर कुखुरा नष्ट गरिएको छ ।