धनगढीबाट एक महिलाको उद्धार

धनगढी- कैलालीको धनगढीबाट एक महिलाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट मानसिक अवस्था ठिक नभएकी महिलाको उद्धार गरिएको हो ।

कञ्चनपुर बनखेत घर बताउने मानसिक स्थिती सन्तुलनमा नरहेकी करिब २०/२२ वर्षीया दिलु बुढा नाम बताउने महिलालाई धनगढी नगर प्रहरीले उद्धार गरेको हो । ती महिलालाई मानव सेवा आश्रम धनगढीमा बुझाइएको छ ।

Loading...