Satyawati
Division ban Pahalmanpur

पक्राउ पुर्जी जारी भएको तेस्रोदिन पनि प्रहरीको सम्पर्कमा आएनन् अध्यक्ष र निवर्तमान अध्यक्ष

Purbadhar dadeldhura

अत्तरिया– कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष र निर्वतमान अध्यक्ष पक्राउ पुर्जी जारी भएको तेस्रोदिन पनि प्रहरीको सम्पर्कमा आएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार संघका अध्यक्ष कल्याण सिंह बोहरा र निर्वतमान अध्यक्ष अशोकराज देवकोटाको नाममा कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाएको थियो ।

Malpot office dadeldhura

तर आज (आइतबार) बेलुकीसम्म पनि उनीहरु दुवैजना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताएका छन् । “उहाँहरु दुवैजना सम्पर्कमा हुनुहुन्न उनले भने अनुसन्धान भईरहेको छ,कागजात जुटाउने काम भईरहेको छ।”अनुसन्धान कार्य प्रभावित हुने भएकोले धेरै कुराहरु खुलाउन नमील्ने उनको भनाई छ ।

यसअघि माघ १७ गते संघका सचिव सचिव दिलिपकुमार साउँद र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्ववियु सभापति भुवन महराका नाममा तथा १८ गते महासचिव शंकर खड्का र सदस्य बम बहादुर बोगटीको नाममा पक्राउ पुर्जी जारी भएकोमा माघ १९ गते चारैजना जिप्रका कैलालीमा स्वएछिक हाँजीर भएका थिए ।

अत्तरियामा पुष २६ गतेदेखी माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो ।

Dadeldhura Aspatal & Ban
Loading...