साङगितिक क्षेत्रमा सोनिया को इन्ट्री, अलिशा म्युजिकबाट पहिलो गित रेकर्डिङ सम्पन्न

अत्तरिया – सोनिया परियारको पहिलो गित रेकर्डिङ भएको छ । डोटी जिल्ला बोग्टान वडा न. ७ चमरा चौतारा जन्म भई लम्कि चुहा नगरपालिका वडा न. ९ प्रतापुर बसोबास गर्ने बुवा ईस्वर परियार र आमा टीका परियारको कोखबाट जन्म लिएकी सोनिया परियारको पहिलो गित रेकर्डिङ भएको छ ।

Ganyapdhura gau

हेलो टिकापुरका संचालक अंकित उप्रेतिले लिएको ईन्टरभ्यु सुन्दै गर्दा आवाज निकै मिठो लागेर अलिशा म्युजिक रेकर्डिङ स्टुडियो का सह-सञ्चालक कृष्णा सिराडीले आफ्नै गाउँ घरको बहिनीलाई सकेको सहयोग गरि अगाडि बढाउनु पर्छ भनि अंकित उप्रेतीलाई फोन गरि सोनियाको सांगीतिक यात्रा बारे छलफल गरि गित रेकर्डिङ गर्ने बारे कुरा भएको सिराडीले बताइन । कृष्णाको अनुरोधलाई सहजै स्विकार गरि अलिशा म्युजिक रेकर्डिङ स्टुडियो का सञ्चालक, बरिस्ठ गायक तथा संगितकार किशोर भण्डारीले गित ऐरेन्ज गरि गित रेकर्डिङका लागि बोलायर स्टुडियोमा भब्य स्वागत समेत गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जसमा स्वर सोनिया परियार र लाल बहादुर बोगटिको रहेको छ । त्यसैगरी शब्द कुमार मटेलि, लय हरेन्द्र परियारको रहेको छ भने उक्त गित रेकर्डिङ अडियो भिडियो अलिशा म्युजिक रेकर्डिङ स्टुडियोबाट छिट्टै बजार आउने तयारीमा छ ।

सांगितिक यात्राको सुरुवातमा अंकित उप्रेती, कृष्णा सिराडी र अलिशा म्युजिकलाई उनले विशेष धन्यवाद दिएकी छिन र सबैको साथ सहयोगको अपेक्षा राखेकि छु भन्दै खुसि ब्याक्त गरेकि छिन । साथै निकै आशा बोकेर सांगीतिक यात्रा तय गरेको सोनिया बताउछिन र यस अवसरमा सहयोग गर्ने सहयोगि मनलाई जीवन भर नभुल्ने उनले बताएकी छिन ।

Couple
Loading...