कञ्चनपुर- कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराधको मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो। प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए।
उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए तर कञ्चनपुर प्रहरीले भने सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताउँदै आएको छ । ‘उहाँहरू विरुद्ध सात दिन म्याद थप भएको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।