कञ्चनपुरका रानाको मृत्यु प्रकरणमा प्रहरी हवल्दारसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो ।

Bhancha ghar0

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार चौधरी र भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको छ ।

पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

Loading...