कञ्चनपुर- कञ्चनपुरमा बञ्चरो हानेर एक जना फरार भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-९ मा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन् । शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बञ्चरो प्रहार गर्ने भुलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।