धनगढी- कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले हात पारेको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी ४५ पदक सहित प्रथम भएको हो । धनगढी उपमहानगरपालिकाले ३० स्वणर्, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ ।
यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ । घोडाघोडीले २२ स्वणर्, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वणर्, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो ।
प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशिपुर गाउँपालिकाले ६, मोहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जनाएको छ ।