कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धनगढी विजयी

धनगढी- कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले हात पारेको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी ४५ पदक सहित प्रथम भएको हो । धनगढी उपमहानगरपालिकाले ३० स्वणर्, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ ।

यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ । घोडाघोडीले २२ स्वणर्, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वणर्, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो ।

Navadurga sun

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशिपुर गाउँपालिकाले ६, मोहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...