कञ्चनपुरका दुई पत्रकार प्रहरीको नियन्त्रणमा

कञ्चनपुर- कञ्चनपुरका पत्रकार पुस्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

Bhancha ghar0

कञ्चनपुर प्रहरीका अनुसार शनिवार उनलाई नियन्त्रणमा लिइएको हो। उनी विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्‍दा दर्ता गरिएको छ। कञ्चनपुर प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम गर्दै आएका थिए। उनले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।

Loading...