खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताएका छन् ।

जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सदरमुकाम टुँडिखेलमा उद्घाटन गर्दै मन्त्री देउवाले जिल्लामा एउटा मात्रै खेल मैदान भएकाले थप मैदान निर्माणका लागि आगामी आवमा बजेट विनियोजन गर्ने बताए। डडेल्धुरामा पर्शुराम नगरपालिकाबाहेक अन्यत्र खेल मैदान छैन। कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रको गौरब बढाउने काम गरेको जनाउँदै डडेल्धुरा पनि खेलकुदका क्षेत्रमा अग्रणी स्थानमा रहेको बताए ।

Navadurga sun

उनले खेल क्षेत्रको विकास गर्न सुविधा सम्पन्न खेलमैदान आवश्यक भएकाले आगामी आवमा सुविधा सम्पन्न रगंशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट विनियोजन गरी वर्षभरी खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीयस्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनीति लिएको मन्त्री देउवाले प्रष्ट पारे । विद्यालयस्तरमा होस् या जिल्लास्तरमा व्यवस्थित खेल संरचना निर्माण सुरु गर्ने उनले जनाए।

राष्ट्रिय क्रिकेट टिममा धेरै खेलाडी सुदूरपश्चिमका रहेका भन्दै अव्यवस्थित खेलमैदानमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको पालिकाका तर्फबाट सहभागी खेलाडी विधार्थीको भनाइ थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्ला सदरमुकाम आएका विधार्थीले बहुउपयोगी खेलमैदानको आशा राखेका छन् । खेलमा रुचि भए पनि भौतिक र आर्थिक कारणले वञ्चित हुनुपर्ने अवस्था रहेको अजयमेरुका खेलाडीले बताए।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात पालिकाबाट भलिवल, एथ्लेटिक्स, कबड्डी, मार्सलआर्टका विभिन्न विधामा छात्रछात्रा सहभागी भएर प्रतिस्पर्धा गरिरहेका छन् । कार्यक्रमको उद्घाटन सत्रमा प्रदेशका सांसद, सात पालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा संयन्त्रका प्रमुख, खेलप्रेमीलगायतको सहभागिता थियो । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...