धनगढीमा लागूऔषध सहित एक युवक पक्राउ

Bhancha ghar0

धनगढी- कैलालीको धनगढीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१५ कनरीबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाँउ बस्ने २४ वर्षीय नविन चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथ बाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...