धनगढीमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला





धनगढी, २८ असार– सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा धनगढीमा एमाले निकट अनेरास्ववियु र युवा संघले राके जुलुस प्रदर्शन गरेको छ ।


प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि धनगढीमा बिरोध प्रदर्शन गरिएको हो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका छन् । मुख्यमन्त्री कार्यालय अघि उनिहरुले नाराबाजी समेत गरेका थिए ।



