गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलाडीलाई बिदाई

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई गोदावरीका नगर प्रखुम बिरेन्द्र भट्टले बिदाई गरेका छन । १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरेको हुन ।

आज (बिहीबार) देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका १ सय २९ जना खेलाडीहरु सहभागिता रहने जानकारी गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ ।

Navadurga sun

पुष २७ गते देखि २९ गते गोदावरीको सरस्वती माबि गेटामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमबाट छनौट भएका बिभिन्न बिधामा खेलाडीहरुलाई बिहीबार एक अनौपचारिक कार्यक्रमबाट खालाडीलाई जर्सी र पालिकाको लोगो अंकित ब्यानर खेल संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको थियो ।

कैलालीको गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीको बिदाई कार्यक्रममा बोल्नु हुँदै नगर प्रखुम बिरेन्द्र भट्ट

बिदाई कार्यकममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले विद्यार्थीको भविश्यसँग जोडिएको खेलकुदमा अनुसाशित भएर खेलमा आफ्नो कला प्रदर्शन गर्नु, गत बर्ष भन्दा राम्रो खेल प्रदर्शन गर्नुहोला र गोदावरीको नाम र मेडल जित्न समेत शुभकामना ब्यक्त गरेका छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...