बझाङमा ट्याक्टर दुर्घटना

बझाङ- बझाङमा ट्याक्टर दुर्घटना भएको छ । बुंगल नगरपालिका-३ सिराड स्थित काडाँचौर बाट बिजगडा तर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Malpot office dadeldhura

उक्त दुर्घटनामा केदारस्यु गाउँपालिका-७ काँडाचौरका २५ बर्षिय चालक मिन बहादुर धामी घाइते भएका छन् । उनको कम्मर मुनि र दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको जनाएको छ ।

ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । घाइते चालकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेका छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...