Division ban Pahalmanpur

कैलालीको फूलवारी क्याम्पसलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित फूलवारी बहुमुखी क्याम्पसलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ ।

धनगढी १८ का अध्यक्ष्य भुवन रिजालले फूलवारी बहुमूखि क्याम्पसलाई काठमाडौं विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल गरिएको र सकरात्मक सम्भावना देखिएकाले क्याम्पसबाट आशयको प्रक्रिया थाल्न र निणर्य गरी वडालाई पठाउन फूलवारी बहुमुखी क्याम्पसलाई पत्र लेख्दै जानकारी गराएका छन् ।

Malpot office jogbudha

अध्यक्ष रिजालले धनगढी १८ को चन्द्रोदय माध्यामिक विद्यालयलाई नमुना विद्यालय बनाउने काम भैरहेको बताए । मोडेल विद्यालयमा पाठ्यक्रम कस्तो बनाउने र विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने विषयमा धनगढी उपमहानगरपालिका र काठमाडौं विश्वविद्यालय वीचमा सहमति भएर कार्यक्रम तयार गर्न आएको विश्वविद्यालयको विज्ञ टोलि संग आफुले फूलवारी क्याम्पसलाई विश्वविद्यालयको आंगिक बनाउन प्रस्ताव गरेको जानकारी दिए ।

क्याम्पसमा रहेका प्राध्यापक, कर्मचारीले लामो समय देखि तलब खान नपाएको, विद्यार्थीको भर्ना हुने क्रम घट्दै गएर सिमित र संकुचित हुदै संकटापन्न अवस्थामा पुगेकाले क्याम्पसलाई विश्वविद्यालयको आंगिक बनाउन पहल सुरु गरिएको बनाए । उनले विश्वविद्यालयको आंगिक क्याम्पस बनाएर प्राविधिक विषय पठनपाठन गरि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विद्यार्थीलाई आर्कषित गरि नयाँ तरिकाले संचालन गर्ने योजना सहित नगर प्रमुख गोपाल हमाल संग प्रस्ताव गरेको र मेयरले सर्मथन गर्दै विज्ञ टोलि र पदाधिकारी संग प्रस्ताव गर्दा सकरात्मक प्रतिक्रिया आएको बताए ।

लुम्बिनी प्रदेशको नेपालगञ्ज संग नजिकको दूरीमा रहेको फुलवारीमा आंगिक क्याम्पस संचालन गरि विश्व बजारमा बिक्ने खालको शिक्षा दिन र जनशक्ति उत्पादन गर्न सकिने भएकाले सबै जना एकजुट भएर लाग्नुपर्ने भन्दै अध्यक्ष रिजालले अवसरलाई सदुपयोग गर्न सरोकारवाला सबैलाई सहयोगका लागि अनुरोध गरे । विश्वविद्यालयको पदाधिकारी टिमले छलफल गरि आवश्यक निणर्य गर्ने भनि सकरात्मक जवाफ दिएकाले फूलवारी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सकिने कुरामा आशावादिता रहेको अध्यक्ष रिजालको भनाई छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...