कञ्चनपुरको बेलौरीबाट १ सय ५० किलो अवैध कुखुरा बरामद

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरको बेलौरी स्थीत सिमानाकाबाट अवैध कुखुरा बरामद गरिएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइरहेको अवस्थामा १५० किलो अवैध कुखुरा बरामद गरिएका हुन् ।

मंगलबार राति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोलीले १५० किलो अवैध बोईलर कुखुरा बरामद गरेको जनाएको हो । बरामद गरिएका कुखुरा आवश्यक कारवाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...