बहु विवाह मुद्दामा फरार रहेकी महिला महेन्द्रनगरबाट पक्राउ

कञ्चनपुर- बहु विवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलवार नै अदालतमा उपस्थित गराएको थियो ।

Loading...