कैलालीको गौरीगंगामा रेबिज विरुद्ध निःशुल्क खोप तथा सचेतना कार्यक्रम

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिकामा रेबिज विरुद्ध निःशुल्क खोप तथा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा) को आयोजना गौरीगंगा नगरपालिका-१० समन्वय र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनगढीको सहकार्यमा वडा नम्बर १० स्थीत उदासिपुरमा उत्त कार्यक्रम सम्पन्न भएको हो ।

घर पालुवा तथा सामुदायिक कुकुरहरुमा रेबिज बिरुद्ध खोप लगाईएको छ भने स्थानीय बासीलाई सो रोग बारे सचेतना दिईएको छ । कार्यक्रम अन्र्तगत १२० वटा घर पालुवा तथा सामुदायिक कुकुर हरुलाई रेबिज बिरुद्धको खोप निःशुल्क लगाईएको बताईएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नेल्टाका सुदूरपश्चिम प्रदेश कार्यसमिति सचिब हेमन्त राज जोशी (बाजे) को सभापतित्व तथा गौरीगंगा नगरपालिका उप-प्रमुख भोज बहादुर बमको प्रमुख आतिथ्यतामासम्पन्न उक्त कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष नार सिं सार्की, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनगढी कार्यालय प्रमुख डाक्टर हेम अवस्थी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दैै नगर उप-प्रमुख बमले नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज बिरुद्धको खोप कार्यक्रम लाई बजेट नीति तथा कार्यक्रममै राखेको बताए । घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने गरेकाले रेबिज बिरुद्धको खोप संचालन गरिएको डा.अवस्थीले बताए ।

नेल्टा प्रदेश सचिब हेमन्त राज जोशी (बाजे) ले नेपालमा पशुपंक्षी पालन गर्दै आएका किसानहरुको सेवामा समर्पित रहेका प्राविधिकहरुको पेशागत हकहित र पशुपञ्छी पालनलाइ व्यवसायीकरणका लागी सक्रिय भएर नेल्टा लागि परेको बताए । उनले नगर भित्रका सम्पूणर् वडाहरुमा उक्त कार्यक्रम संचालन गरिने बताएका छन् ।

Loading...