कञ्चनपुरमा भारतीय जिप बरामद

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरमा भारतीय नम्बरको जिप बरामद गरिएको छ । बेदकोट नगरपालिका-५ घुर्सुवा खोलाबाट यूपी १४ बीएम ४७८६ नम्बरको भारतीय जिप आइतवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

बेवारीसे अवस्थामा फेला परेको १५ लाख मूल्य बराबरको उक्त जिप भन्सार कार्यालय गडुडाचौकी पठाइएको डीएसपी डाँगीले बताए ।

Loading...