नेताहरुको ध्यान मन्त्री र प्रधानमन्त्री बन्ने मात्रै भयो : नेकपा एमालेका नेता रावल

कञ्चनपुर- नेकपा एमालेका नेता भीम रावलले राजनीति स्वार्थ केन्द्रित भए मुलुकमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उनले नेताहरुको ध्यान सरकार फेरबदल, प्रधानमन्त्री तथा मन्त्री को बन्ने भन्नेमा मात्र हुन नहुने टिप्पणी गरे । छिमेकी भारत र चीन तीब्र विकास भइरहेका बेला नेपाल आफ्नै कारणले भूराजनीतिमा पछि परेको उनको बुझाइ छ ।

‘दुई देशबीच अत्यन्त संवेदनशील भूराजनीति भएको नेपाल यदि कमजोर भयो भने शासन प्रणाली व्यक्तिगत स्वार्थका लागि केन्द्रित भए खेलकुद, कृषि, स्वास्थ्य, अर्थतन्त्रको विकास कहिले गर्ने ? युवालाई रोजगारी कहिले दिने ?’ रावलले भने, ‘सरकार कहिले फेर्ने, मन्त्री कहिले को हुने, कहिले प्रधानमन्त्री को हुने भन्ने कुराहरु मात्र हामीले गर्‍यौं भने देशको विकास गर्न सक्दैनौं ।’

Navadurga sun

रावलले मुलुकको अर्थतन्त्र सुधार, मिचिएका सीमा फिर्ता, कृषि क्षेत्र विकास र रोजगारी अहिलेको मुख्य आवश्यकता भएको बताए । ‘देश उजाड भए, सीमाना मिचिएमा, कृषि क्षेत्र तहसनहस भएर नेपाली जनताको स्वाधीनता झुक्यो भने सबै नेपालीले देश छाडेर एक करोड जनताले मुग्लान जानुपर्‍यो भने खेलकुदको विकास कसले गरिदेला, खेलकुदको स्वास्थ्य कस्तो होला ?’ उनले प्रश्न गरे ।

रावलले आफ्नो आफ्नो देशको सिमनाको कुरा गरेर असमान सन्धी, सम्झौता र प्राकृतिक स्रोतको उचित उपयोग गर्न नसके विकास सम्भव नभएको समेत बताए । ‘देशको सीमनाको कुरा गर्न नसक्ने, असमान सन्धीसम्झौता नदीनाला जडिबुटी, खनिजहरुलाई सर्वोपरी हितमा राखेर उपयोग गर्नुपर्छ,’ उनले भने, ‘तर अन्तराष्ट्रिय विमानस्थल विदेशीलाई सुम्पिने, नदीनाला, प्राकृतिक स्रोत साधनको उपयोग गर्नेकुरा तर्फ ध्यान दिन नसके विकास हुन सक्दैन् ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...