


अछाम- अछाममा रुखबाट लडेर एक बालिका घाइते भएकी छन् । चौरपाटी गाउँपालिका-४ पायलकी १२ वर्षीया सुशिला धामी शनिबार जङ्गलमा घाँस काट्ने बेला रुखबाट लडेर घाइते भएकी हुन् । उनको हातमा चोट लागेको छ । घाइते धामीको न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

