कञ्चनपुरमा पार्किङ्ग स्थलबाट मोटरसाइकल चोरी

कञ्चनपुर- कञ्चनपुरमा पार्किङ्ग स्थलबाट मोटरसाइकल चोरी भएको छ । कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पार्किङ्ग स्थलबाट नवराज भट्टको मोटरसाइकल चोरी भएको हो ।

Bhancha ghar0

उक्त भलिबल प्रतियोगिताका मिडिया संयोजक समेत रहेका भट्टको म २ प ६२६१ नम्बरको प्लाटिना मोटरसाइकल चोरिएको छ । सेमिफाइन खेल चलिरहेका बेला खुला मञ्चको पार्किङ्गमा मोटरसाइकल राखेर भट्ट खेल स्थलमा काम व्यस्त थिए ।

उनी शुक्रबार दिउँसो ३ बजे पार्किङ्ग स्थल आउन अघि नै मोटरसाइकल चोरिएको हो । उनले भने ‘चाबी त मसित नै थियो, पार्किङ्ग स्थलमा आएर हेरे,मोटरसाइकल भेटिन’ । भट्टले मोटरसाइकल चोरीएको उजुरी ट्राफिक प्रहरी कार्यालयमा दिएको बताएका छन् ।

Loading...