कैलाली र कञ्चनपुरका पाँच हजार चार सय ८७ हेक्टर जग्गामा सिँचाइ उपलब्ध

कैलाली– कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत पाँच हजार चार सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ।

Ganyapdhura gau

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो र प्रदेश संरचनापश्चात् अहिलेसम्म पाँच हजार चार सय ८७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो । डिभिजन प्रमुख श्रवण खनालका अनुसार प्रदेश स्थापनापश्चात् कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी एक सय ४० डिप ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जडान गरिएका डिप ट्युबेलमध्ये ९१ चलिरहेका छन् भने अन्य संरचना निर्माणका क्रममा रहेको जनाइएको छ । विशेष गरी कुलो, नहर नभएको ठाउँमा र भएको ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान भएको उनले बताए। गत आर्थिक वर्षसम्म कैलाली र कञ्चनपुरमा एक हजार एक स्यालो ट्युबेल जडान गरिएकामा चालु आवदेखि स्यालो ट्युबेलका लागि बजेट विनियोजन नगरिएको डिभिजन प्रमुख खनालले बताए।

स्यालो ट्युबेल जडानको कार्य स्थानीय तहलाई हस्तान्तरण गरिएकाले डिभिजन कार्यालयले त्यसका लागि बजेट विनियोजन नगरिएको जनाएको छ। स्यालो ट्युबेल जडानका लागि वित्तीय हस्तान्तरणअन्तर्गत रु १२ लाख बजेट स्थानीय तहलाई दिएको डिभिजन प्रमुख खनालले जानकारी दिए। कैलालीका १३ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा सात, गौरीगङ्गा नगरपालिकामा आठ, घोडाघोडी नगरपालिकामा आठ, लम्कीचुहा नगरपालिकामा एक, भजनी नगरपालिकामा तीन, धनगढी उपमहानगरपालिकामा दुई डिप ट्युबेल जडान गरिएको जनाइएको छ।

त्यस्तै बर्दगोरिया गाउँपालिकामा चार, कैलारी गाउँपालिकामा एक, जोशीपुरमा गाउँपालिकामा छ डिप ट्युबेल जडान गरिएको जनाइएको छ। अन्य डिप ट्युबेल कञ्चनपुर र डडेल्धुरामा जडान गरिएको जनाइएको छ ।कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा डिप ट्युबेल जडानका लागि अध्ययन भइरहेको सो कार्यालयले जनाएको छ। एक डिप ट्युबेल जडानका लागि झन्डै रु ८५ लाख खर्च लाग्ने गरेको जनाइएको छ ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रदेश, प्रदेश पूर्वाधार र सङ्घ सशर्त अनुदानबाट डिप ट्युबेलका लागि बजेट विनियोजन हुँदै आएको डिभिजन कार्यालयले जनाएको छ । रासस

Loading...