धनगढीमा खैरो हेरोईन र चरेस सहित तीन युवक पक्राउ

धनगढी- कैलालीको धनगढीबाट खैरो हेरोईन र चरेस सहित ३ युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं.१ त्रिवेणी चोकबाट १ ग्राम खैरो हेरोईन र ४ ग्राम ४ सय मिलिग्राम चरेस सहित सोही ठाँउ बस्ने २८ वर्षीय दिनेश बिक, १९ वर्षीय निखिल जोशी र रुपन्देहीको बुटवल नगरपालिका वडा नं.१ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नं.१ एल एन चोक बस्ने २१ वर्षीय समिर सुनार शुक्रवार राति पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...