कञ्चनपुरको पुनर्वासमा चितुवा देखियो 

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा बिहीबार बिहान चितुवा देखिएको छ । दोदापुलदेखि पश्चिम मसानघाट नजिक देखिएकोले उखु खेतबारीमा खोजिरहेको कुण्डा सब डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयका कर्मचारी र ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक हेमराज भट्टको टोली खटिएको कार्यालयले जनाएको छ । उखु खेतीबारीमा जाँदा सतर्कता अपनाउन नगरवासीलाई वन कार्यालयले अनुरोध गरेको छ । मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखापरेको चितुवा उखुबारीमा पसेको थियो ।

Loading...