नक्कली टिकट प्रकरण : दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको अभियोगमा दुई जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

उद्योग वाणिज्य संघका सचिव सचिव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराका नाममा जिल्ला अदालत कैलालीले पक्राउ पुर्जी जारी गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहितका ११ जना पदाधिकारीले उनीहरुका हनाममा मंगलबार किटानी जाहेरी दिएपछि कारवाही प्रक्रिया अघि बढाउन अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी पनि जारी भइसकेको बताए । उनीहरुलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाउने चन्दले बताए ।

अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालन भएको सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएको थियोे ।

Loading...