सिसिएस प्लस टु : धनगढी मोडेल, एसपिए, सरस्वती र एलायन्स क्वाटर फाइनलमा प्रवेश

धनगढी- धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल सम्पन्न भएका छन् । मंगलबार भएका ४ खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय, सुदूरपश्चिमाञ्चल एकेडेमी, सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् ।

Bhancha ghar0

धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३-१ गोल अन्तरले पराजित गरे संगै नास्ट एकेडेमी खेलबाट बाहिरिएको छ, भने धनगढी मोडेल माध्यमिक बिद्यालय क्वाटर फाइनल प्रवेश गरेको छ ।
मंगलबार नै भएको दोश्रो खेल अन्तर्गत सुदूरपश्चिमाञ्चल एकेडेमी अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल लाई ४-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल मंगलबारको खेलमा पराजित भए संगै खेलबाट बाहिरिएको छ । मंगलबार नै सम्पन्न तेश्रो खेलमा धनगढी स्थित सरस्वती माध्यमिक बिद्यालयले धनगढीकै ऐश्वर्या बिद्या निकेतनलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो संगै सरस्वती माध्यमिक बिद्यालय प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ, भने ऐश्वर्या बाहिरिएको छ । अन्तिम चौथो खेलमा एलायन्स इन्टरनेस्नल स्कुलले ‘सिसिएस प्लस टु’ ए लाई ५-० गोल अन्तरले पराजित गर्यो । यो संगै एलायन्स पनि प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । यस अघी ‘सिसिएस प्लस टु’ बी, वेस्टर्न क्रिस्टल एकेडेमी, त्रिनगर माध्यमिक बिद्यालय र लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरिसकेका छन् । क्वाटर फाइनल चरणका ४ खेल भोली (बुधबार) हुने छन् ।

१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागितो छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

Loading...