Satyawati
Division ban Pahalmanpur

कैलालीमा ३० क्वीन्टल अवैध चिनी सहितको गाडी प्रहरी नियन्त्रणमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोलीले मंगलबार दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट अबैध चिनी बोकेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ३९५७ नम्बरको मालबाहक सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरिएको छ । अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...