धनगढीको एसटिएस सिनेमा हलमा माघ २० गते चलचित्र काँडेतारको च्यारिटी शो हुने

धनगढी– धनगढीमा माघ २० गते काँडेतार चलचित्रको च्यारिटी शो हुने भएको छ । राष्ट्रवादको भावनाले ओतप्रोत भएको चलचित्र काँडेतारको च्यारिटी शो धनगढीमा रहेको एसटिएस सिनेमा हलमा हुने भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि कांडेतार टिमले सो कुराको जानकारी दिएको हो । निर्माता/निर्देशनक नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्ती रहेको बताए । उनका अनुसार काँडेतार चलचित्रमा नेपालले छिमेकि राष्ट्रहरुबाट भएका नेपाली,भुमि अतिक्रमण, सिमा विवाद, खुला सिमानाकाबाट भोग्नुपरेको समस्या चित्रण गरिएको छ ।

Navadurga sun

उनले छिमेकी बलियो बनाउन सिमानामा पर्खाल आबश्यक रहने सन्देश दिन खोजेको दाबी गरे ।सिनेमाको लगानी झन्डै ४ करोड रहेको निर्माता खड्का को भनाई रहेको छ ।च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतम को परिवारलाई सहयोग गरिने उनले बताए।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ४का सहिद गोविन्द गौतमको देशको सीमा रक्षाका क्रममा ज्यान गएको थियो । उनको २०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको ज्यान गएको थियो । उक्त राष्ट्रवादी चलचित्र काँडेतार फागुन २५ गते देशभर प्रदर्शन हुने भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...