कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाकी फरार महिला पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । दोधारा चाँदनी नगरपालिका-१० की चाकुरी देबी रोकाया आइतवार पक्राउ परेकी हुन् । उनलाई २०६३ जेठ १६ गते सिला देबी रोकायाको ११ वर्षीय छोरा राजन रोकायालाई धारिलो हतियार प्रहार गरि मारेको आरोप लागेको थियो । उनी सोहि दिनबाटै फरार रहेकी थिइन् ।

रोकायालाई इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो । रोकायालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

Loading...