कञ्चनपुरमा पाँच जनालाई प्रहरीले लियो नियन्त्रणमा

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा रहेको महाकाली सुगर मिलमा भारतबाट भित्र्याइदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बेलौरी नगरपालिका–१० शिवनगर स्थित महाकाली सुगरमिल नजिक शनिबार राति केही स्थानीयले भारतबाट आएको उखु भन्दै ट्याक्टर ट्रालीलाई रोकेका थिए। बाटोमा ट्याक्टर ट्राली रोकिएपछि केहि बेर बादबिवाद भएको थियो। विवाद बढ्न थालेपछि महाकाली सुगर मिलमा आउदै गरेको उखु रोक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले मिलको गेटमा आएका ट्याक्टर ट्रालि रोकिरहेपछी सोधपुछ गर्न नियन्त्रणमा लिएको बताए। उनीहरुलाई नियन्त्रणमा लिएपछि उनका आफन्तले मिलको प्रवेश गेटमा ताला लगाएका छ्न्।

Loading...